कारण जेसुकै होस्, ध्यान जे कुरामा केन्द्रित हुनुपर्ने थियो त्याे नभएकै हो : प्रधानमन्त्री ओली

 बैशाख २७, २०७८ सोमबार १४:६:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले कारण जेसुकै भए पनि पछिल्ला गतिविधि, चिन्तन, प्रयास र ध्यानहरू जे कुरामा केन्द्रित हुनुपर्ने थियो त्यसो हुन नसकेको बताउनुभएको छ । प्रतिनिधि सभामा बोल्दै प्रधानमन्त्री ओलीले कोरोना भाइरसको सङ्क्रमणविरुद्ध एकताबद्ध भएर लड्नुपर्ने समयमा ध्यान अन्तै मोड्न कामहरू भइरहेको बताउनुभयो । 

प्रधानमन्त्री र सरकारमाथि हिलो छ्याप्ने काम भइरहेको भन्दै उहाँले नभएका कनेक्शन अनैतिक ढङ्गले देखाउने खालका क्रियाकलाप भइरहेको बताउनुभयो । यस्तै उहाँले कोरोनाविरुद्ध एकजुट भएर लड्नुपर्ने अहिलेको आवश्यकता रहेको भए पनि कसरी हुन्छ सरकारलाई असफल बनाउने खेल सुरु भएको बताउनुभयो । 

एउटा पनि पीसीआर परीक्षण गर्ने क्षमता नभएको नेपालमा ८६ ठाउँमा पीसीआर परीक्षण गर्न सरकार सफल भएको भन्दै उहाँले पहिलो लहरको कोरोना सङ्क्रमण नियन्त्रण गर्न सरकार सफल भएको दाबी गर्नुभयो । अहिले फेरि दोस्रो लहरको कोरोना सङ्क्रमण सुरु भएकाले यसलाई पनि सबैले मिलेर परास्त गर्नुपर्ने आवश्यक रहेको बताउनुभयो ।  

प्रतिनिधि सभाकाे आजकाे बैठकमा प्रधानमन्त्री ओलीले विश्वासकाे मत लिँदै हुनुहुन्छ । 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया