गल्ती आफूले गरेर दोष अरूलाई थुपार्न पाइँदैन, याे सरकार पूर्ण असफल छ : देउवा

 बैशाख २७, २०७८ सोमबार १५:८:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अरूमाथि दोष थोपरेर प्रधानमन्त्री केपी शर्मा ओली भाग्न नपाउने बताउनुभएको छ । अहिलेको अवस्था आउनुको एकमात्र कारण केपी शर्मा ओली रहेको भन्दै सभापति देउवाले दोष र गुनासो थोपरेर प्रधानमन्त्री ओली भाग्न नपाउने बताउनुभएकाे हाे । 

साेमवारकाे प्रतिनिधि सभाकाे बैठकमा बाेल्दै उहाँले मानिस जिम्मेवारीबाट भाग्न सक्ने तर आफैँबाट भाग्न नसक्ने भन्दै उहाँले एक पटक छातीमा हात राखेर मनन गर्न आग्रह गर्नुभयो । 

देश र नागरिकका लागि काम गर्न प्रधानमन्त्री ओलीलाई कसैले नरोकेको भन्दै उहाँले सरकारले कोरोना रोकथाममा कुनै काम गर्न नसकेको बताउनुभयो । नेपाली कांग्रेसले सरकारलाई काम गर्न हरेक अवस्थामा सहयोग गर्न तयार रहेको भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक काम गर्दै अघि बढेको बताउनुभयो । 

प्रतिनिधि सभा विघटन गरेर केपी शर्मा ओलीले असंवैधानिक काम गरेको भन्दै सभापति देउवाले सर्वोच्चको फैसलापछि नै नैतिकताको आधारमा राजीनामा दिनुपर्ने भए पनि त्यसो नगरेको बताउनुभयो । राज्यको महत्त्वपूर्ण वा सरकारका विभाग आपूमार्फत राख्ने प्रवृत्ति प्रधानमन्त्री ओलीले अघि बढाएको समेत उहाँले आराेप लगाउनुभयाे ।  

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया