‘प्रधानमन्त्रीलाई संविधान नै मै हुँ भन्ने लागेको रहेछ’

 वैशाख २७, २०७८ सोमबार १५:१७:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान नै मै हुँ भन्ने लागेको आरोप लगाउनुभएको छ । आफू अनुकूल संवैधानिक व्यवस्थाहरूको व्याख्या गर्ने काम गर्दै धेरै पटक गैरकानुनी कदम अघि बढाएको सभापति देउवाकाे भनाइ छ ।

साेमवार प्रतिनिधि सभाकाे बैठकमा बाेल्दै उहाँले संविधानमै नभएको व्यवस्थाअनुसार प्रतिनिधि सभा विघटन गरेको भन्दै उहाँले अझै पनि प्रधानमन्त्री ओलीले नैतिकता देखाउन नसकेको बताउनुभयो । 

प्रधानमन्त्री ओलीसँग नैतिकता भएको भए सर्वोच्च अदालतले संसद् बिउँताइदिएकाे दिन नै उहाँले पदबाट राजीनामा दिनुपर्ने देउवाले बताउनुभयो । 

यो सरकारको गठनपछि देशमा शान्ति, सुरक्षाको अवस्था खस्कँदै गएको भन्दै उहाँले अपराधीहरूको मनोबल बढाउने काममा अग्रसर भएको आरोप लगाउनुभयो । 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया