ओलीलाई प्रचण्डको प्रश्न : यो सदन र यी सदस्यसँग विश्वासको मत माग्ने नैतिक अधिकार छ र ?

 वैशाख २७, २०७८ सोमबार १५:२९:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम गठबन्धन तथा विकास र समृद्धिलाई तोड्ने काम प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको बताउनुभएको छ । 

प्रतिनिधि सभाकाे साेमवारकाे बैठकमा प्रचण्डले पार्टीभित्रको आन्तरिक विवादले सिङ्गो देश र समाजलाई आक्रान्त हुने गरी सार्वभौम संसद्लाई प्रधानमन्त्री ओलीले विघटन गरेर आफ्नो दम्भ र अहङ्कार देखाएको टिप्पणी गर्नुभयो । 

निरङ्कुश र स्वेच्छाचारी तरिकाले संसद् विघटन गरेकाले विश्वासको मत दिन नसकिने प्रचण्डको भनाइ छ । उहाँले प्रधानमन्त्री ओलीले विश्वासको मत लिने कुरा पनि तर्क सङ्गत नभएको र नाटकीय लागेको बताउनुभयो । 

प्रचण्डले प्रधानमन्त्री ओलीलाई यो सदन र यी माननीय सदस्यसँग विश्वासको मत माग्ने नैतिक अधिकार छ र ? भनेर पनि प्रश्न गर्नुभयो । यस्तै उहाँले बेला–बेलामा आफूलाई राष्ट्रिय समस्याका रूपमा चित्रित गरेको भन्दै राष्ट्रिय समस्या तपाईँ कि म ? भनेर प्रश्नसमेत गर्नुभयो ।   

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया