घाेडाघाेडी–११ ले डडेल्धुरालाई १ विकेटले हरायाे
माघ २४, २०८१ बिहिबार
काठमाण्डाै – नेपालमा गएकाे २४ घण्टामा नाै हजार दुई सय ७१ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । १७ हजार ६ सय २३ जनाको पीसीआर र सात सय ८८ जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा नाै हजार दुई सय ७१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
याेसँगै नेपालमा अहिलेसम्म चार लाख तीन हजार सात सय ९४ जनालाई कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । नेपालमा अहिले ९३ हजार एक सय ४१ जना सक्रिय सङ्क्रमित छन् ।
आज एकै दिन चार हजारभन्दा धेरैले कोरोनालाई जितेका छन् । गएको २४ घण्टामा चार हजार सात सय जना कोरोनामुक्त भएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या तीन लाख ६७ हजार ९४ पुगेकाे छ । अहिले नेपालमा काेराेना निकाे हुने दर ७६ प्रतिशत रहेकाे छ ।
यस्तै कोरोना सङ्क्रमणका कारण गएको २४ घण्टामा एक सय ३९ जनाको ज्यान गएको छ । एकै दिन ज्यान गुमाउनेकाे यो सङ्ख्या अहिलेसम्मकै सबैभन्दा धेरै हो । केही दिनयता नेपालमा कोरोना सङ्क्रमितको मृत्युदर निकै बढेको छ । हिजो ८८ जनाको ज्यान गएको थियो, आज त्यो सङ्ख्या बढेर एक सय ३९ जनाको ज्यान गएको छ । योसहित अहिलेसम्म तीन हजार आठ सय ५९ जनाको ज्यान गएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।