घाेडाघाेडी–११ ले डडेल्धुरालाई १ विकेटले हरायाे
माघ २४, २०८१ बिहिबार
काठमाण्डौ – कामचलाउ सरकारको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभाको विशेष अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले आजै राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो ।
सभामुख अग्निप्रसाद सापकोटाले आउँदो ३० गतेका लागि अर्को बैठकको मिति घोषणा गर्नुभएको भए पनि कामचलाउ सरकारले भने आजै अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रायोजनका लागि सरकारकै सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आजका लागि विशेष अधिवेशन आह्वान गर्नुभएको थियो ।
यसैबीच मन्त्रिपरिषद् बैठकलगत्तै कामचलाउ सरकारका प्रधानमन्त्री ओली अहिले राष्ट्रपतिको कार्यलय शीतल निवास पुग्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।