घाेडाघाेडी–११ ले डडेल्धुरालाई १ विकेटले हरायाे
माघ २४, २०८१ बिहिबार
काठमाण्डाै – चीनले सगरमाथाको चुचुरोमा नेपाल र चीनबीचको सीमा विभाजन रेखा कोर्न टोलीलाई शिखरतर्फ पठाएको छ ।
नेपाल तर्फ रहेको सगरमाथाको आधारशिविरमा कोरोना सङ्क्रमण फैलिएको खबरपछि चीनले कोरोना सङ्क्रमण फैलनबाट रोक्न भन्दै सीमा रेखा कोर्नको लागि आरोहीहरुलाई पठाएको बीबीसीले जनाएको छ । चीनले यस वर्ष आफ्नोतर्फबाट सगरमाथा आरोहणका लागि विदेशी आरोहीलाई अनुमति दिएको छैन । सङ्क्रमण फैलिएको जोखिमका बीच पनि नेपालले रोयल्टी उठाउन सगरमाथा आरोहणलाई अनुमति दिएको भनी आलोचना गरेको चीनले आफ्नो सीमा छुट्याउन रेखा कोर्न लागेको समाचारसंस्था रोयटर्सले जनाएको छ ।
सानो आकारको चुचुरोमा चीनले कसरी सीमा रेखा कोर्छ भन्ने बारेमा भने स्पष्ट खुलाइएको छैन । चिनियाँ समाचारसंस्था सिन्ह्वाले दुवै मोहोडाबाट सगरमाथा आरोहण गर्ने आरोहीलाई सङ्क्रमणबाट जोगाउन चीनले रेखा कोर्ने योजना बनाएको बताएको छ ।
रेखा कोर्नको लागि २१ जना चिनियाँ आरोहीहरु शिखरतर्फ गइरहेका छन् । शिखरमा लामो समय बस्न नसकिने भएकोले उनीहरुले त्यहीँ बसेर सीमापार गर्न रोक लगाउने सम्भावना कम रहने आरोहीहरु बताउँछन् । उनीहरुले सीमामा केही संकेत राख्ने आरोहीहरुको अनुमान् भए पनि त्यो यकिन भएको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।