घाेडाघाेडी–११ ले डडेल्धुरालाई १ विकेटले हरायाे
माघ २४, २०८१ बिहिबार
काठमाण्डाै – बहराइनका राजकुमारसहितको टोलीले सगरमाथाको सफल आरोहण गरेको छ । बहराइनका राजकुमार मोहम्मद हमाद मोहम्मद अल खालिफा सहितको टोलीले बिहान सगरमाथाको सफल आरोहण गरेको पर्यटन विभागकी निर्देशक मीरा आचार्यले जानकारी दिनुभयो । आरोहीहरु बिहान साँढे पाँच बजेदेखि पौने सात बजेसम्मको समयमा शिखरमा पुगेका आरोहणको व्यवस्थापन गरिरहेको सेभेन समिट प्रालिले जनाएको छ ।
सगरमाथाको उचाइ बढेर आठ हजार आठ सय ४८ मिटर ८६ सेन्टिमिटर कायम भएपछि अन्तर्राष्ट्रिय आरोहीहरुको यो पहिलो आरोहण हो । बहराइनका राजकुमार खालिफा सहितको टोलीले अघिल्लो वर्ष लोबुचे र मनास्लु हिमालको पनि सफल आरोहण गरेको थियो । सगरमाथा आरोहणका लागि यो समूह गएको मार्च १५ मा नेपाल आएको थियो ।
टोलीलाई सगरमाथाको शिखरमा पुर्याउने नेतृत्व १९ वर्षका टासी लाक्पा शेर्पाले गर्नुभएको सेभेन समिटले जनाएको छ । शेर्पा कृत्रिम अक्सिजनबिनै सगरमाथाको शिखरमा पुग्नुभएको छ । आज कम्तीमा ३० जना विदेशीसहित ६५ जनाभन्दा धेरै सगरमाथाको शिखरमा पुगेका र थप विवरण आउन बाँकी रहेको सेभेन समिट प्रालिका अध्यक्ष मिङ्मार शेर्पाले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Jay Bahadur Gharti
May 11, 2021, 1:26 p.m.🌹Congratulations🙏 best of luck 🤞good journey 👌very nice 👍