घाेडाघाेडी–११ ले डडेल्धुरालाई १ विकेटले हरायाे
माघ २४, २०८१ बिहिबार
काठमाण्डौ – उपप्रधानमन्त्री ईश्वर पोखरेलले मङ्गलवार (आज) काठमाण्डाैकाे बसुन्धारामा सञ्चालन हुन लागेको ‘राधा स्वामी कोभिड आइसोलेशन तथा अक्सिजन थेरापी सेन्टर’ को निरीक्षण गर्नुभएको छ ।
निरीक्षणकै क्रममा उहाँले तत्कालै काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र मुख्य सचिव डाक्टर शङ्करदास बैरागीलाई टेलिफोन गरी आइसोलेशन केन्द्र सञ्चालन गर्ने प्रबन्ध मिलाउन भन्नुभयो । उपप्रधानमन्त्री पोखरेलको निर्देशनपछि यसै हप्तापछि नेपाली सेनाले आइसोलेशन केन्द्र सञ्चालनमा ल्याउने तयारी गरेको छ ।
तत्काल ८८ शय्या (बेड) को अक्सिजन थेरापी सुविधासहित सञ्चालन हुन लागेको यो आइसोलेशन केन्द्रका लागि राधा स्वामी केन्द्रले भवन उपलब्ध गराएको हो । आवश्यकताअनुसार दुई सय बेडसम्म सञ्चालन गर्ने तयारी गरिएको छ । आइशोलेशन केन्द्रका लागि चाहिने पूर्वाधारका लागि काठमाण्डौ महानगरपालिकाले बजेटको व्यवस्था गरेको छ भने नेपाली सेनाले उपचार, सुरक्षा र व्यवस्थापनको जिम्मेवारी लिएको छ । यो आइशोलेशन केन्द्र सञ्चालनमा आएपछि कोरोनाका बिरामीको उपचारमा थप राहत मिल्ने विश्वास लिइएको छ ।
काठमाण्डौमा उपलब्ध ठूला भवनहरुलाई आइसोलेशन केन्द्रका रुपमा सञ्चालन गरी कोरोना सङ्क्रमितहरुको उपचार गर्ने सोच बनाइएको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) का संयोजकसमेत रहनुभएका उपप्रधानमन्त्री पोखरेलले बताउनुभयो । निर्धक्क रुपमा बिरामीको उपचारमा लाग्न नेपाली सेनालाई आग्रह गर्दै उहाँले सरकारका तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउने बताउनुभयो ।
उपप्रधानमन्त्री पोखरेललाई नेपाली सेनाका क्लिनिक रजिस्ट्रार महासेनानी डा. सुमनराज डंगोलले आइसोलेशन केन्द्रको बारेमा जानकारी गराउनुभएको थियो ।
निरीक्षणका क्रममा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, उपमेयर ज्ञान माया डंगोल लगायतको पनि सहभागिता थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।