घाेडाघाेडी–११ ले डडेल्धुरालाई १ विकेटले हरायाे
माघ २४, २०८१ बिहिबार
काठमाण्डाै – नेपाल मडिसिटी अस्पतालले अक्सिजन अभाव भएको भन्दै कोरोना सङ्क्रमित बिरामीको भर्ना नलिने घोषणा गरेको छ । सरकारले तोकेको अक्सिजन सिलिन्डरको कोटाले माग धान्न नसक्ने भन्दै मेडिसिटीले भर्ना लिन नसकिने जानकारी दिएको छ ।
दैनिक चारदेखि पाँच सय सिलिन्डर अक्सिजन आवश्यक पर्नेमा सरकारले एक सय थानको मात्रै कोटा दिएकाले कुनै पनि हालतमा बिरामीको उपचार गर्न नसकिने अस्पतालले विज्ञप्ति निकालेर जानकारी दिएको छ ।
अहिले अस्पतालमा एक सय २० जना कोरोनाका बिरामीको उपचार भइरहेकोमा ४० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । देशभरका अस्पतालमध्ये सबैभन्दा धेरै कोरोनाका बिरामी रहेको अस्पताललाई जम्मा एक सय सिलिन्डर अक्सिजनले नपुग्ने मेडिसिटीकाे भनाइ छ ।
अब अस्पतालमा नयाँ भर्ना लिन असमर्थ रहेको र अहिले उपचार गराइरहेका बिरामीलाई पनि अन्यत्रै सार्नुपर्ने अवस्था आउन सक्ने मेडिसिटीले चेतावनी दिएको छ ।
कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सोमवारको बैठकले अस्पतालहरूलाई अक्सिजनको कोटा निर्धारण गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Ramesh Bhattarai
May 11, 2021, 5:04 p.m.दक्षिण एशिया कै ठूलोमध्ये एक भनिएको medicity hospital मा आफ्नै oxygen plant नहुनु हास्यास्पद ।