रुसकाे एक विद्यालयमा गाेली चल्दा सात बालबालिकासहित नाै जनाकाे ज्यान गयाे

 बैशाख २८, २०७८ मंगलबार १९:५५:३४ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – रुसमा एक विद्यालयमा गोली चल्दा सात बालबालिका र शिक्षक गरी कम्तीमा नाै जनाकाे ज्यान गएको छ । घटनामा अन्य २० जनाभन्दा धेरै घाइते भएका बीबीसीले जनाएको छ । 

राजधानी मस्को भन्दा आठ सय २० किलोमिटर पूर्वमा रहेको काजन सहरमा याे घटना भएको हो । विद्यालयमा भएको गोली प्रहारको घटनाप्रति दुःख व्यक्त गर्दै रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बन्दुकसम्बन्धी कानुनको समीक्षा गर्ने बताउनुभएको छ । 

विद्यालयमा गोली चल्दा बालबालिकामा भागदौड मच्चिएको थियो । केही बालबालिका झ्यालबाट हाम फाल्दा पनि ज्यान गएको छ । गोली चलाउने दुई जना बन्दुकधारीमध्ये एक जना सुरक्षा कारबाहीमा मारिएको बीबीसीले जनाएको छ । 

घटनाबारेमा अनुसन्धान भइरहेको पनि राष्ट्रपति पुटिनले बताउनुभएको छ ।   

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया