नेपालमा अन्तर्राष्ट्रिय हवाई उडानमाथिकाे प्रतिबन्ध जेठ १७ सम्म लम्बियाे

 वैशाख २८, २०७८ मंगलबार २०:९:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा अन्तर्राष्ट्रिय हवाई उडानमाथिको प्रतिबन्ध आउँदो जेठ १७ गतेसम्म लम्बिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले मङ्गलवार एक सूचना निकाल्दै यसबारेमा जानकारी दिएकाे हाे । 
भारतसँग हप्तामा दुई उडान भने यथावत् नै रहने सूचनामा बताइएकाे छ । 

कोरोना भाइरसको महामारी नियन्त्रण गर्न सरकारले वैशाख मसान्तसम्म उडानमाथि प्रतिबन्ध लगाउने निर्णय गरेकोमा सङ्क्रमण बढ्दै गएपछि यसलाई लम्ब्याएर जेठ १७ सम्म पुर्‍याइएको हो ।  

प्रतिबन्धकै अवधिमा एअरलाइन्सहरूले स्वास्थ्य सामग्री उडान, चार्टर्ड र कार्गो उडानको अनुमति भने पाउने भएका छन् ।

प्राधिकरणले प्रतिबन्ध लम्बिएकाेबारे वायु सेवा कम्पनीलाई जानकारी गराएकाे छ ।

अन्तिम अपडेट: माघ १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Jeewan ranabhat

    May 12, 2021, 7:31 a.m.

    Airport जस्तो secured हुने र गर्न सक्ने ठाँउ स्वAस्थ समित्ता पालन नगरी बन गरिनु लज्जास्पद कुटनितिक खेल हो, सरकारले छिटै स्वAस्थ मापदण्ड पालना गरि एयरपोर्ट खुल्याउनु पर्छ।।

  •  0 Reply

तपाईको प्रतिक्रिया