इजरायली सेनालाई प्यालेस्टाइनी विद्रोहीको जवाफ, तेल अभिभमा रकेट आक्रमण

 वैशाख २९, २०७८ बुधबार ९:५८:५९ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – इजरायल र प्यालेस्टाइनबीच तनाव चर्किँदै गएको छ । प्यालेस्टाइनका विद्रोहीहरूले इजरायली सहर तेल अभिभमा रकेट हमला गरेका छन् ।

इजरायलले हवाइ हमला गरेर गाजा क्षेत्रमा एउटा भवन ध्वस्त पारिदिएपछि त्यसको जवाफमा प्यालेस्टिनका विद्रोहीले इजरायल शहर तेल अभिभमा एक सय ३० वटा क्षेप्यास्त्र प्रहार गरेको बताएका बीबीसीले जनाएको छ ।

भवनमा बसिरहेका मानिसहरू तथा स्थानीय बासिन्दालाई त्यहाँबाट अन्यत्र जान चेतावनी दिएको डेढ घण्टापछि गाजामा रहेको १३ तले भवनमा आक्रमण भएको थियो । इजरायली सेनाका अनुसार विद्रोहीहरूले यसअघि गरेका रकेट हमलाको बदला स्वरूप भवनमा आक्रमण गरेका हुन् ।

यो क्षेत्रमा भइरहेको हिंसामा ३१ जनाको ज्यान गइसकेको छ । संयुक्त राष्ट्रसङ्घका मध्यपूर्व शान्ति दूतले इजरायल र प्यालेस्टीनका विद्रोहीबीच गाजामा चर्किरहेको सङ्घर्षले अवस्थालाई पूर्ण युद्धतर्फ धकेलिरहेको चेतावनी दिएका छन् ।

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया