भारतको गंगा नदीमा शव बग्ने क्रम राेकिएन

 वैशाख २९, २०७८ बुधबार ११:५०:९ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – भारतको गंगा नदीमा शव बग्ने क्रम राेकिएकाे छैन  । हिजो पनि ७१ जनाको शव भेटिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बिहारकाे बक्सर जिल्लाकाे सिमरी क्षेत्रमा गंगा नदीमा शवहरु भेटिएका हुन् । याेबाहेक गंगा नदीका विभिन्न घाटहरुमा तैरिरहेकाे अवस्थामा शवहरु देखिएका स्थानीयले बताएका बीबीसीले जनाएकाे छ ।

भेटिएका शव पोस्टमार्टम पछि गाडिएको त्यहाँको जिल्ला प्रशासनल कार्यालयले जनाएको छ । प्रशासनले डीएनएको नमूना सुरक्षित राखेको र भविष्यमा यस्ता घटना दोहोरिन नदिन सतर्कता अपनाएको दाबी गरेको छ ।

गंगा नदी किनारमा शव भेटिन थाले पछि त्यहाँ गस्ती बढाइएको छ । नरेन्द्र मोदी नेतृत्वको सरकारका जल शक्ति मन्त्री गजेन्द्रसिंह शेखावतले गंगा नदीमा शव भेटिएको बारे अनुसन्धान गर्ने बताउनु भएको छ । उहाँले गंगा नदीलाई सफा राख्न आफू प्रतिबद्ध भएको पनि बताउनु भएको छ ।

यसअघि अस्ति सोमबार पनि उत्तर प्रदेशको गाजीपुर जिल्ला र बलिया बिहारको सीमामा पर्ने गंगा नदी किनारमा क्षतविक्षत अवस्थामा दुई दर्जन भन्दा धेरै शव भेटिएका थिए । यी शवहरु कहाँबाट आए भन्ने यकिन नभए पनि काेराेनाका कारण ज्यान गुमाएकाहरुकाे शव हुन सक्ने अनुमान गरिएकाे बीबीसले जनाएकाे छ ।

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया