घाेडाघाेडी–११ ले डडेल्धुरालाई १ विकेटले हरायाे
माघ २४, २०८१ बिहिबार
काठमाण्डाै – नेकपा एमालेकाे खनाल नेपाल समूहका नेता घनश्याम भुसालले झलनाथ खनाल र माधवलाई नेपाललाई गाली गरेर बाँकी रहेकाे पार्टी विभाजन गर्न लागिएकाे आराेप लगाउनुभएकाे छ ।
बुधवार फेसबुकमा स्टाटस लेख्दै नेता भुसालले नेकपा विभाजन हुँदा पुष्पकमल दाहाल प्रचण्डलाई गाली गरेर पाप ढाक्ने प्रयास भएकाे र अहिले झलनाथ र माधवलाई गाली गरेर बाँकी रहेकाे एमाले विभाजन गर्न लागिएकाे बताउनुभएकाे छ ।
उहाँले लेख्नुभएकाे छ, ‘हिजो प्रचण्डलाई गाली गरेर पार्टी विभाजनको पाप ढाक्ने प्रयास भयो । आज झलनाथ–माधवलाई गाली गरेर बाँकी रहेको नेकपा एमालेलाई विभाजित गरिँदैछ ।
नेता भुसालले आज आफूहरूविरुद्ध गरिएका गालीगलौज वा आलोचनाले नेपालमा संविधान जारी हुँदा असफल भएका र विघटित प्रतिनिधि सभा पुनर्स्थापित हुँदा दोस्राे पटक पनि असफल भएका शक्तिहरूले चुनावको नाममा फेरि प्रतिनिधि सभा विघटन गराएर आफूहरूसँग बदला लिन कस्सिएकाे बताउनुभएकाे छ ।
विद्रोहले क्रान्तिमा योगदान गर्छ कि गर्दैन भन्ने विषयमा इतिहासमा ठूलो विवाद रहेकाे बताउँदै उहाँले भन्नुभएकाे छ, ‘तर आत्मसर्पण क्रान्तिप्रति गद्दारी हो भन्ने कुरा हामीलाई राम्ररी थाहा छ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।