नेपालको अवस्था भारतको भन्दा गम्भीर, सङ्क्रमण दर दोब्बरले बढी

 वैशाख २९, २०७८ बुधबार १७:०:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गएको हप्ताको तुलनामा यो हप्ता नेपालमा कोराना भाइरसको सङ्क्रमण झण्डै ५१ प्रतिशतले बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ४४ वटा जिल्लामा कोरोना भाइरसको सङ्क्रमण व्यापक रूपमा फैलिएको ।

प्रति लाख जनसङ्ख्यामा १०जनाभन्दा बढीमा सङ्क्रमण भएको पाइए व्यापक रूपमा सङ्क्रमण फैलिएको भनिन्छ । यस्तै भारतमा भन्दा नेपालमा अवस्था गम्भीर बन्दै गएको डाक्टरले बताएका छन् । दैनिक सङ्क्रमित सङ्ख्याको आधारमा प्रति १० लाख जनसङ्ख्यामा नेपालमा तीन सय चार जनामा सङ्क्रमण देखिएको छ भने भारतमा यो दर दुई सय ४० छ ।

यस्तै मृत्युदर पनि भारतमा भन्दा नेपालमा धेरै छ । भारतमा प्रति १० लाख जनसङ्ख्यामा दुई दशमलव ५ प्रतिशत छ भने नेपालमा तीन दशमलव ३ प्रतिशत छ । यसैगरी सङ्क्रमितको सङ्ख्या भारतमा भन्दा नेपालमा दोब्बरले बढेको डाक्टर अर्चना श्रेष्ठले बताउनुभयो । यसले नेपालको अवस्था भारतको भन्दा नाजुक रहेको देखिएको छ ।

डाक्टर श्रेष्ठले सङ्क्रमितको अहिलेको अवस्थालाई हेर्दा समुदायमा यो भन्दा धेरै सङ्क्रमित हुन सक्ने देखिएको बताउनुभयाे । कोरोनाको सङ्क्रमण नेपालमा बढ्दै गएकाले सङ्क्रमण दर घटाउन सङ्क्रमितले विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

ज्वरो आए, खोकी लागे वा शरीर दुखे तुरुन्त स्वास्थ्य परीक्षण गराउन पनि डाक्टरको सुझाव छ । यस्तै कट्याक्ट ट्रेसिङमा परेकाहरूले पनि तुरुन्त परीक्षण गराउनु पर्ने डाक्टरको भनाइ छ ।  बेलैमा कन्ट्याक्ट ट्रेसिङ भएर परीक्षण भएमा ८५ प्रतिशत सङ्क्रमण फैलनबाट रोक्न सकिने डाक्टरले बताएका छन् ।  

अन्तिम अपडेट: माघ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया