गण्डकीकाे मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपालीकाे दाबी, जनमोर्चाका दुई सांसद तटस्थ बस्दा बहुमत पुर्‍याउन सकस

 वैशाख २९, २०७८ बुधबार १७:४१:१ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशको मुख्यमन्त्रीमा दाबी गर्नुभएको छ । नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा नेपालीले दाबी गर्दै कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनले प्रदेश प्रमुख सीता पौडेललाई पत्र बुझाएको हो । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजीनामा दिएलगत्तै प्रदेश प्रमुख पौडेलले बहुमतको आधारमा सरकार गठनका लागि तीन दिनको समय दिनुभएको थियो । 

उहाँले दिनुभएको समय अवधि अहिले ४ बजे सकिएको छ । पोखराको शहीद चोकमा रहेकाे प्रदेश प्रमुखको कार्यालयमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, माओवादी केन्द्रका दलका नेता हरिबहादुर चुमान, जसपाकी धनमाया लामालगायतका सांसद सहभागी भएर प्रदेश प्रमुख पौडेललाई निर्धारित समयभित्रै पत्र बुझाइएको हो ।संसदीय दलका नेता पोखरेलले संविधानको धारा १६८ को उपधारा २ अनुसार आफूलाई प्रदेश सरकारको मुख्यमन्त्रीमा नियुक्त गर्न आग्रह गर्नुभएको छ ।

बहुमत नपुगेमा धारा १६८ को उपधारा ३ अनुसार अनुसार प्रदेश सभाको ठूलो दलको संसदीय दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्न सक्ने संवैधानिक व्यवस्था रहेको छ । पोखरेलले नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका सभामुखसहित राष्ट्रिय जनमोर्चाका ३ र जनता समाजवादी पार्टीका २ सांसदको समर्थन आफूलाई भएकोले आफूसँग बहुमत रहेको दाबी गर्नुभएको छ । 

तर राष्ट्रिय जनमोर्चाका दुई जना प्रदेश सभा सदस्यले भने आफूहरू तटस्थ बस्ने बताएका छन् । प्रदेश सभा सदस्यहरू कृष्णचन्द्र थापा र खिमविक्रम शाहीले छुट्टा छुट्टै विज्ञप्ति निकालेर सरकार निर्माणको विषयमा आफूहरू तटस्थ रहेको बताएका हुन् । 

अन्तिम अपडेट: माघ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया