घाेडाघाेडी–११ ले डडेल्धुरालाई १ विकेटले हरायाे
माघ २४, २०८१ बिहिबार
कास्की – गण्डकी प्रदेशमा फेरि पनि एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ नै मुख्यमन्त्री बन्नुभएको छ । नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्रीमा दाबी गरेको भए पनि बहुमत नपुगेपछि गुरुङ नै मुख्यमन्त्री बन्नुभएको हो ।
प्रदेश प्रमुख सीताकुमारी पौडेलले प्रदेश सभामा ठूलो दलको हैसियतले एमाले संसदीय दलका नेता गुरुङलाई सरकार गठन गर्न आह्वान गर्नुभएको छ । गुरुङलाई बुधवार (आज) नै शपथ खुवाउने तयारीसमेत भएको छ । कृष्णचन्द्र नेपाली पोखरेलले बहुमत पुर्याउन नसकेपछि गुरुङ संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सभाको ठूलो दलको संसदीय दलको हैसियतमा फेरि मुख्यमन्त्री बन्नुभएको हो ।
राष्ट्रिय जनमोर्चाका दुई जना प्रदेश सभा सदस्यले आफूहरू तटस्थ बस्ने बताएपछि विपक्षी गठबन्धनको बहुमत नपुगेको हो । प्रदेश सभा सदस्यहरू कृष्णचन्द्र थापा र खिमविक्रम शाहीले छुट्टा छुट्टै विज्ञप्ति निकालेर सरकार निर्माणको विषयमा आफूहरू तटस्थ रहेको जानकारी गराएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।