घाेडाघाेडी–११ ले डडेल्धुरालाई १ विकेटले हरायाे
माघ २४, २०८१ बिहिबार
काठमाण्डाै – 'वर्षा र सहकाल’ का देवता रातो मच्छिन्द्रनाथको रथारोहण बुधवार (आज) सम्पन्न भएको छ । मच्छिन्द्रनाथको रथारोहण वैशाख शुक्ल प्रतिपदाका दिन गरिने परम्पराअनुसार आज रथारोहण गरिएको हो । विश्वभरि फैलिँदै गइरहेको नयाँ भेरिएन्टको कोराेना सङ्क्रमणलाई ध्यानमा राखी सरकारले तोकेको नियम पालना गरी मच्छिन्द्रनाथलाई रथमा विराजमान गरिएको हो ।
मच्छिन्द्रनाथलाई आज दिउँसो रथारोहण गर्नुअघि कटुवाल दहबाट कलश यात्रा गरेर ल्याएको जल तःबहालमा रहेको मूर्तिको पाउमा अर्पण गरिएको थियो । त्यसपछि रातो मछिन्द्रनाथको मूर्तिलाई खटमा राखेर नगर परिक्रमा गराउँदै पुल्चोकमा बनाइएको रथमा विराजमान गरिएको हो ।
यसैबीच जेठ १ गतेदेखि हुने मच्छिन्द्रनाथको रथ यात्रा प्रतिकात्मक रूपमा गरिने भएको छ । रातो मच्छिन्द्रनाथको रथ यात्राको सम्बन्धमा बुधवार ललितपुरका निमित्त प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतकाे अध्यक्षतामा बसेको सरोकारवालाको बैठकले बुधवार रातो मच्छिन्द्रनाथको रथारोहण गरेर जेठ १ गते प्रतिकात्मक रूपमा तानेर रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न गर्ने निर्णय गरेको ललितपुर जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
बैठकले जिल्ला सुरक्षा समितिको बैठककाे निर्णयसहित ललितपुरमा लगाइएकाे निषेधाज्ञाको मर्म विपरीत नहुने गरी तथा कोभिड–१९ सङ्क्रमणको रोकथाम तथा नियन्त्रण सम्बन्धमा नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट आदेश गरिएको जनस्वास्थ्य मापदण्डको अनिवार्य पालना हुने र सुरक्षा घेराभित्र मच्छिन्द्रनाथको रथ रहने गरी अनुशासित रूपमा सम्पन्न गर्ने सम्बन्धमा सबै सुरक्षा निकायले समन्वयात्मक कार्य गर्ने पनि निर्णय गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।