काठमाण्डौ उपत्यकाकाे निषेधाज्ञामा थप कडाइ

 वैशाख ३०, २०७८ बिहीबार ७:१२:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – काठमाण्डाै उपत्यकाकाे निषेधाज्ञामा थप कडाइ गरिएकाे छ  । कोरोना सङ्क्रमणकाे जोखिम नियन्त्रणका लागि थप कडाइसहित गए रातिदेखी निषेधाज्ञा थप भएको काठमाण्डाैका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयहरुले निषेधाज्ञा जारी गर्दै अत्यावश्यक बाहेकका सबै कार्यालय आउँदो जेठ १३ गतेसम्मका बन्द गर्न निर्देशन  दिएका छन् । सूचनामा अत्यावश्यक सेवाका कार्यालयलाई पनि सकेसम्म कम जनशक्तिबाट व्यवस्थापन गर्न भनिएको छ ।

आजदेखि खाद्यान्न तथा तरकारी पसलहरु बिहान १० बजेसम्म खोल्न पाइने छ । यस्तै औषधि, खाद्यवस्तु, तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदका लागि तथा अत्यावश्यक सेवा लिनुपर्दा बाहेक कोही पनि घर बाहिर निस्किन पाउने छैनन् ।

विवाह, ब्रतबन्ध होटल तथा पार्टी प्यालेसमा गर्न रोक लगाइएको छ । घरमै गर्दा दश जनाभन्दा बढी उपस्थित हुन नपाइने आदेशमा उल्लेख छ ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया