घाेडाघाेडी–११ ले डडेल्धुरालाई १ विकेटले हरायाे
माघ २४, २०८१ बिहिबार
काठमाण्डाै – काठमाण्डौको ट्रमा सेन्टरमा अक्सिजन अभाव हुँदा एक सय ५ जना विरामीको ज्यान जोखिममा परेको छ ।
ट्रमा सेन्टरका निर्देशक सन्तोष पौडेल र कोरोना व्यवस्थापन समितिका सदस्य भुवन केसीले रातभरि विभिन्न ठाउँमा गएर अक्सिजनको जोहो गर्ने प्रयास गरे पनि सफल नभएको जानकारी दिनुभयो ।
‘हामीले रातभरि विभिन्न ठाउँमा गएर एम्बुलेन्समार्फत अक्सिजन जोहो गर्ने प्रयास गर्यौँ तर कतै पनि पाइएन हामीकहाँ रहेका एक सय ५ जना बिरामी जोखिममा हुनहुुन्छ’, कोरोना व्यवस्थापन समितिका सदस्य भुवन केसीले भन्नुभयो ।
ट्रमा सेन्टरले अक्सिजन ल्याउने शंकर अक्सिजन उद्योग बालाजुमा रातभरि कुर्दा पनि अक्सिजन पाउन नसकिएको उहाँको भनाइ छ । भर्ना भएका एक सय ५ जनालाई नै हाइ फ्लो अक्सिजन दिनुपर्नेमा अहिले न्यूनतम मात्रामा दिएर राखिएको र आठ बजेपछि ठप्पै हुने अवस्था रहेको उहाँले बताउनुभयो ।
ट्रमा सेन्टरमा दैनिक चार सय सिलिण्डर अक्सिजन चाहिनेमा सीसीएमसीले १ सय ५० वटाको कोटा तोकिदिएको र एक सय ५० वटा सिलिण्डर पाउन पनि मुस्किल रहेको केसीले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।