राज्यबाट पाउने तलब काटेरै भए पनि कोरोना रोकथामको पहल गरौँ : नेता भट्टराई

 वैशाख ३०, २०७८ बिहीबार १२:१:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै –  नेकपा एमालेका नेता एवम् पूर्व मन्त्री योगेश भट्टराईले देशको सबै ध्यान कोरोना नियन्त्रणमा हुनुपर्ने बताउनुभएको छ ।

सामाजिक सञ्जाल मार्फत सरकारलाई ध्यानाकर्षण गराउँदै नेता भटराईले अहिले सबै कुरा छाडेर कोरोना नियन्त्रणमा केन्द्रित हुनुपर्ने बताउनुभएको हो । उहाँले बिरामीका लागि न्यूनतम अक्सिजन र बेड दिन नसक्नुले सबैलाई लज्जित बनाएको भन्दै संवेदनशील अवस्थामा भैरहेका अस्वस्थ राजनीतिक खेलहरुले सरकार, राज्ययन्त्र तथा राजनीतिक नेतृत्वप्रति असन्तुष्टि बढ्दै गएर व्यवस्था नै धरापमा पर्नसक्ने बताउनुभएको छ ।

उहाँले भूकम्पपछि दलहरुले सहमति गरेर संविधान बनाएको जस्तै अहिले सबै दलहरु मिलेर महामारी विरुद्ध लड्नुपर्ने बताउनुभएको छ । नेता भट्टराईले कोरोना विरुद्धको लडाइँमा खटेकाहरुबाहेक राज्यबाट पारिश्रमिक लिने सबैको सुविधा स्थगित गर्न, अरु शीर्षकका बजेट कोरोना रोकथाममा प्रयोग गर्न र सबै जनशक्तिलाई कोरोना विरुद्ध केन्द्रित गर्न पनि सरकारको ध्यानाकर्षण गर्नुभएको छ ।

अन्तिम अपडेट: असार १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया