अस्ट्रेलिया र मोडेर्नाबीच दुई करोड ५० लाख डोज खोप खरिद सम्झौता

बढी भएको खोप अरू देशलाई अनुदानमा दिने

 बैशाख ३०, २०७८ बिहिबार १८:२१:२३ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अस्ट्रेलियाले अमेरिकी औषधि निर्माता कम्पनी मोडेर्नासँग कोरोना भाइरसविरुद्धको दुई करोड ५० लाख डोज खोप किन्न सम्झौता गरेको छ । आफ्ना सबै वयस्क नागरिकलाई खोप लगाउन सन् २०२१ भित्र एक करोड र सन् २०२२ मा एक करोड ५० लाख गरी दुई करोड ५० लाख डोज खोप किन्न सम्झौता गरेको समाचार संस्था एपीले जनाएको छ ।

प्रधानमन्त्री स्कट मोरिसनले भविष्यमा आइपर्ने सङ्कटलाई ध्यान दिएर सम्झौता गरेको बताउनुभयो । मोडेर्नाले आफ्नो खोप अस्ट्रेलियामै उत्पादन गर्नेबारेमा पनि अस्ट्रेलिया सरकारसँग छलफल गरिरहेको छ ।

मोडेर्नाको खोप उपलब्ध भएपछि अस्ट्रेलियाका सबै वयस्क नागरिकले यसै वर्षको अन्त्यसम्ममा खोप पाइसक्ने छन् । अस्ट्रेलियाले यसअघि नै फाइजरबाट दुई करोड डोज र नोभाभाक्ससँग पाँच करोड १० लाख डोज खोप किन्न सम्झौता गरिसकेको छ । आफूलाई बढी भएको खोप अरू देशलाई अनुदानमा उपलब्ध गराउने प्रधानमन्त्री मोरिसनले बताउनुभएको एपीले जनाएको छ ।

अस्ट्रेलियाले कोरोना भाइरस नियन्त्रणमा तुलनात्मक रूपमा राम्रो सफलता प्राप्त गरेको छ ।   

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया