प्रि मनसुन कमजोर, देशका धेरै ठाउँको मौसम हिजो अस्तिको भन्दा सफा

 बैशाख ३१, २०७८ शुक्रबार ७:३४:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अहिले काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ । देशका धेरै ठाउँको मौसम यतिबेला आंशिक बद्ली छ ।

आज, हिजो/अस्तिको जस्तो दिनभरि मौसम बद्ली हुने सम्भावना नरहेको मौसमविद् मीनकुमार अर्यालले बताउनुभयो । उहाँका अनुसार प्रि मनसुनसँगै पश्चिमी न्यून चापीय क्षेत्रको प्रभाव पनि कमजोर बन्दै गएको छ । यसले गर्दा अबका केही दिन मौसममा सुधार आउने सम्भावना छ ।

तर, प्रि मनसुनको समय भएकाले दिउँसो पछि भने मेघ गर्जनसहित केही ठाउँमा पानी पर्ने मौसमविद् अर्यालले बताउनुभयो । आज राति प्रदेश १, वाग्मती र गण्डकी प्रदेशको मौसम आंशिकदेखि सामान्य बद्ली भइ केही ठाउँमा हल्का पानी पर्ने अनुमान छ ।

यस्तै, भोलि पनि पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली भइ दिउँसो पछि केही ठाउँमा हल्का पानी पर्ने छ । मौसमविद्ले अबको केही दिन प्रि मनसुन कमजोर हुने देखिएकाले बताएका छन् ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया