गाजासँगको सीमामा इजरायलद्वारा थप फौज परिचालन

 वैशाख ३१, २०७८ शुक्रबार १२:५६:१४ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै –  इजरायली सेनाले गाजापट्टिमा प्यालेस्टाइनी विद्रोहीविरुद्धको आक्रमणलाई तीव्र पारेको छ ।

सेनाले हवाई र स्थल दुवै माध्यममार्फत आक्रमण बढाएको छ । गाजाको उत्तर र पूर्वमा फौजी डुङ्गा, लडाकू विमान र हेलिकोप्टरको प्रयोग गरी व्यापक गोलाबारी भइरहेको बीबीसीले जनाएको छ । इजरायलले गाजासँगको आफ्नो सीमामा थप सैनिक ट्याङ्कर र फौजहरू परिचालन गरेको छ ।

स्थल सेनाको दुईवटा युनिट र बख्तरबन्द अर्को युनिटलाई गाजाको सीमा नजिकै खटाइएको बीबीसीले जनाएको छ । आवश्यक परेको बेलामा खटाउन सकिने भनेर तयार राखिएका ७ हजार सैनिकलाई काममा बोलाइएको छ । गाजा र इजरायलमा चार दिन यता भइरहेका हिंसा सन् २०१४ यताकै खराब हो । दुई पक्षबीचको झडपमा अहिलेसम्म ज्यान गुमाउनेको सङ्ख्या १ सय नाघेको छ ।

लडाइँ रोक्न गरिएका कूटनीतिक अनुरोधले कुनै प्रभाव पारेको छैन । अमेरिकाले कूटनीतिक प्रयासलाई केही समय दिन आफूले चाहेको भन्दै राष्ट्रसङ्घको सुरक्षा परिषद्को बैठक अर्को हप्तासम्म सारेको छ । यहुदी र मुसलमान दुवैले पवित्र धार्मिक स्थलको रूपमा सम्मान गर्ने पूर्वी जेरूसेलममा झडप भएपछि प्यालेस्टाइन र इजरायलले एक अर्का विरूद्ध हवाइ आक्रमण गर्दै आएका छन् ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हिंसालाई दबाउन अत्यधिक बल प्रयोग गर्न प्रहरीलाई निर्देशन दिएको खबरमा उल्लेख छ ।

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया