स्वास्थ्य उपचारका लागि विदेश जाने बाहेक अन्यका लागि राहदानी जारी नहुने

 बैशाख ३१, २०७८ शुक्रबार १३:५५:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – शुक्रबारदेखि स्वास्थ्य उपचारका लागि विदेश जानु पर्ने र उनीहरूसँगै यात्रा गर्ने व्यक्तिको बाहेक अरूको राहदानी जारी नहुने भएको छ ।

नेपालमा पछिल्लो समय कोरोना सङ्क्रमण बढ्दै गएको र विभागमा कार्यरत कर्मचारीमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको भन्दै आज शुक्रबारदेखि स्वास्थ्य उपचारका लागि जानु पर्ने बाहेक अन्य व्यक्तिको राहदानी जारी नहुने राहदानी विभागले जनाएको छ । 

अर्को सूचना जारी नहुँदासम्म अब अन्य व्यक्तिका लागि पासपोर्ट जारी हुने छैन ।

विभागका अनुसार स्वास्थ्य उपचारका लागि विदेश जाने र उनीहरूसँगै यात्रा गर्ने व्यक्तिले आवश्यक कागजातसहित हरेक सोमबार र बिहीबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म विभागमा सम्पर्क गर्न सकिने छ । अन्य समयमा सेवा प्रवाह नगर्ने विभागले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया