पूर्वरानी कोमल शाह पनि अस्पतालबाट डिस्चार्ज

 बैशाख ३१, २०७८ शुक्रबार १७:१०:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – पूर्वरानी कोमल शाह अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना भएको २१ दिनपछि उहाँले कोरोनालाई जितेर डिस्चार्ज हुनुभएको हो ।

उहाँसँगै पूर्वअधिराजकुमारी प्रेरणा शाह पनि डिस्चार्ज भएर घर फर्केको उपचारमा संलग्न डाक्टरले बताएका छन् । कोरोना सङ्क्रमण भएर पूर्वराजा ज्ञानेन्द्र शाह दम्पती र परिवारका अरू सदस्यसमेत अस्पताल भर्ना भएका थिए ।

कोमलकाे अक्सिजन निरन्तर घटेपछि उहाँलाई आईसीयूमा राखेर प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको थियो ।

भारतको हरिद्वारमा कुम्भमेलामा सहभागी भएर फर्किएपछि पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमलसहित परिवारका अरू सदस्यमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

पूर्वराजा शाह भने बुधवार नै डिस्चार्ज भइसक्नुभएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया