यी हुन् ललितपुरमा एकै ठाउँमा पाँच जनाभन्दा बढी भेला हुन नपाइने निषेधित क्षेत्र

 बैशाख ३१, २०७८ शुक्रबार १९:४२:२ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर – ललितपुरमा अब एकै ठाउँमा पाँच जनाभन्दा धेरै मानिस भेला हुन नपाइने गरी निषेधित क्षेत्र ताेकिएकाे छ । जिल्ला प्रशासन ललितपुरले निषेधाज्ञालाई थप कडाइ गर्दै पाँच जनाभन्दा बढी मानिस जम्मा हुन नपाउने गरी निषेधित क्षेत्र तोकेको हो ।

ललितपुर महानगरपालिकाका केही क्षेत्रमा शनिवार (भोलि) बिहान ६ बजेदेखि राति १० बजेसम्म पाँच जनाभन्दा बढी भेला हुन पाइने छैन । प्रशासनको आदेशमा ‘हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा भेला भए कानुन बमोजिम कारबाही हुने भनिएको छ ।

रातो मच्छिन्द्रनाथको रथ रहेको आसपास क्षेत्र पूर्व– मदन स्मारक स्कुल अगाडिको चोक, पश्चिम– श्री रातो मच्छिन्द्रनाथको रथ रहेको पश्चिमतर्फको वारुण यन्त्र रहेको स्थान, दक्षिण–सेन्ट जेभियर्स स्कुल अगाडिको चोक (अल्का मोड), उत्तर–लबिम मल पश्चिमपट्टिको सडकमा भेला नहुन भनेको छ ।

त्यसैगरी मीन नाथको रथ रहेको आसपास क्षेत्र पूर्व–गणेशस्थान मन्दिर, पश्चिम–टवहाल चोक, दक्षिण–ईति चोक र उत्तर–टंगल र चक्रवहिली गल्ली रहेको क्षेत्रमा समेत निषेधाज्ञा थप गरिएको प्रशासनले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया