घाेडाघाेडी–११ ले डडेल्धुरालाई १ विकेटले हरायाे
माघ २४, २०८१ बिहिबार
भक्तपुर – भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले अक्सिजन उत्पादन थालेको छ । ६५ लाख रुपैयाँको लागतमा नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालमा स्थापना गरेको एअर बेस अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन गरि आजदेखि बिरामीलाई दिन थालिएको छ ।
हिजो बेलुकादेखि सञ्चालनमा आएको प्लान्टबाट दैनिक ३० देखि ३२ सिलिण्डर अक्सिजन उत्पादन हुनेछ । एअर बेस अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन गरी परीक्षण सफल भएको र आजदेखि उत्पादन र वितरण थालेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले बताउनुभयो ।
प्लान्टबाट उत्पादित अक्सिजन अस्पतालको आईसीयू, हाइ केयर युनिट र भेन्टिलेटरमा भर्ना भएका कोरोनाका २४ विरामीलाई दिन थालिएको नगर प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । चीन र अष्ट्रेलियामा मात्रै जडान भएर सञ्चालनमा आएको एअर बेस अक्सिजन प्लान्ट नगरपालिकाले चीनबाट दुई महिना लगाएर ल्याएको हो ।
प्रति घण्टा आठ हजार लिटर अक्सिजन उत्पादन गर्ने यो प्लान्टबाट २४ घण्टामा १ लाख ९२ हजार लिटर अक्सिजन उत्पादन हुनेछ । यसले आईसीयू, हाइकेयर युनिट र भेन्टिलेटरका २४ बिरामीलाई पर्याप्त अक्सिजन पुग्ने र आकस्मिक कक्षलगायतका ठाउँमा राखिएका थप १९ बिरामीलाई दैनिक ३० सिलिण्डर अक्सिजन आयात गरे पुग्ने भएको नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।
नगरपालिकाले अहिले ४२ वटा शय्या सञ्चालन गरी कोराेनाका बिरामीको उपचार गर्दै आएको छ । थप २० शय्या विस्तार भएको र केही दिन भित्रै सञ्चालनमा ल्याउने उहाँले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।