रातो मच्छिन्द्रनाथको रथ प्रतिकात्मक रुपमा तानिँदै

 जेठ १, २०७८ शनिबार ७:५९:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर ललितपुरमा रातो मच्छिन्द्रनाथको रथलाई प्रतिकात्मक रुपमा केही दुरीसम्म मात्र तानिने भएको छ ।

मच्छिन्द्रनाथलाई रथारोहण गरेको चौथौं दिनमा रथलाई पुल्चोकबाट तानेर गाबहालसम्म पुर्‍याइने परम्परा भए पनि आज रथलाई पुल्चोकको सोह्रखुट्टेपाटीसम्म मात्र तानिन लागेको हो । यसभन्दा अघि मच्छिन्द्रनाथको रथ अघिपछि लगाएर तानिने मीननाथलाई पाटनको टंगालमा निमार्णाधीन रथमा रथारोहण गरिनेछ र मीननाथको रथलाई पनि प्रतिकात्मक रुपमा केही परसम्म मात्र तानिनेछ ।

यसवर्ष कोरोना संक्रमणका कारण जात्रालाई छोट्याउने निर्णय भएअनुसार नरिवल खसाल्ने, भोटो जात्रा नहुने भएको छ । रातो मच्छिन्द्रनाथलाई जेठ ५ गते बुंगमती फर्काउने साइत रहेकाे छ । यससँगै यस वर्षको रातो मच्छिन्द्रनाथको जात्रा सम्पन्न हुनेछ । तर आज बिहान ६ बजेदेखि राति १० बजेसम्म एकैठाउँमा पाँच जनाभन्दा बढी भेला हुन पाइने छैन ।

जिल्ला प्रशासन कार्यालय ललितपुरले आजदेखि पाँच गते राति १० बजेसम्म रातो मच्छिन्द्रनाथको रथ रहेको आसपास क्षेत्र पूर्वमा–मदन स्मारक स्कुल अगाडिको चोक, पश्चिममा–श्री रातो मच्छिन्द्रनाथको रथ रहेको पश्चिमतर्फको वारुण यन्त्र रहेको स्थान, दक्षिणमा–सेन्ट जेभियर्स स्कुल अगाडिको चोक (अल्का मोड), उत्तरमा–लबिम मल पश्चिमपट्टिको सडकमा भेला नहुन भनेको छ ।

त्यसैगरी मीन नाथको रथ रहेको आसपास क्षेत्र पूर्व–गणेशस्थान मन्दिर, पश्चिम–टवहाल चोक, दक्षिण–ईति चोक र उत्तर–टंगल र चक्रवहिली गल्ली रहेको क्षेत्रमा समेत निषेधाज्ञा थप गरिएको प्रशासनले जनाएको छ ।

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया