बैशाखमा मात्रै एक लाख ५८ हजार बढीमा काेराेना सङ्क्रमण पुष्टि

 जेठ १, २०७८ शनिबार ९:३०:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा बैशाख महिनामा मात्रै एक लाख ५८ हजार ७१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बैशाख १ गते कोरोना सङ्क्रमितको सङ्ख्या तीन लाख सात हजार नौ सय २५ रहेकोमा बैशाख मसान्त अर्थात् हिजोसम्ममा सङ्क्रमितको सङ्ख्या बढेर चार लाख ३९ हजार ६५८ पुगेको छ ।

बैशाख महिनाभरमा चार लाख ९६ हजार नौ सय ८४ जनाको पीसीआर परीक्षण भएको छ । यस्तै बैशाख महिनामा मात्रै कोरोनाबाट एक हजार ६ सय आठ जनाले ज्यान गुमाएका छन् । बैशाख १ गतेसम्म कोरोनाबाट तीन हजार ६१ जनाको ज्यान गएकोमा हिजो सम्ममा ज्यान गुमाउनेको सङ्ख्या चार हजार ६ सय ६९ पुगेको छ ।

यस्तै बैशाख महिनामा ४९ हजार ४७ जना कोरोना सङ्क्रमणबाट निको भएका छन् । बैशाख १ गते सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ५६ जना रहेकामा अहिले बढेर एक लाख सात हजार तीन सय ३६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । अहिले देशभर एक हजार सात सय पाँच जना सङ्क्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया