अक्सिजन अभाव : प्रदेश अस्पताल सुर्खेतले बिरामी भर्ना लिन नसक्ने

 जेठ १, २०७८ शनिबार ९:४६:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

सुर्खेत – अक्सिजनको अभाव भए पछि कर्णाली प्रदेश अस्पताल सुर्खेतले थप बिरामी भर्ना लिन नसक्ने जानकारी गराएको छ । 

प्रदेशकै भरोसाको अस्पतालका रुपमा रहेको यस अस्पतालमा अक्सिजनको आपूर्ति हुन नसके पछि भर्ना लिन नसकिने प्रदेश अस्पतालका डा. डम्मर खड्काले जानकारी दिनुभयो । उहाँले सूचना जारी गरेर अक्सिजनको आपूर्ति हुन नसकेकोले अस्पतालमा थप बिरामी भर्ना लिन कठिनाइ भएको बताउनुभएको हो । 

प्रदेश अस्पतालमा रहेका दुई वटा अक्सिजन प्लान्टमध्ये एउटा बिग्रेको छ । बिरामीको संख्या थपिँदै गएपछि अक्सिजनको अभाव भएको उहाँको भनाO छ । अस्पतालमा अहिले करिब ९० जनाको उपचार भइरहेको छ । यहाँ सुर्खेतसहित कर्णालीका अन्य जिल्लाबाट समेत गम्भीर बिरामी रिफर भएर आउने गरेका छन् । 

प्रदेश अस्पतालमा दैनिक तीन सय सिलिन्डर अक्सिजन आवश्यक पर्ने भए पनि यहाँका उत्पादनले धानेर बाहिरबाट दैनिक एक सय ५० सिलिन्डर ल्याउनुपर्छ । तर अहिले नेपालगञ्जबाट दैनिक ५० सिलिन्डर मात्रै अक्सिजन आउने गरेको अस्पतालका कोरोना फोकल पर्सन डा. सञ्जिव भण्डाले जानकारी दिनुभयो । 

नेपालगञ्जबाट अहिले अक्सिजन आउन कठिन भएकाले र  यहाँको उत्पादनले नधान्ने भएपछि  बिरामी भर्ना गर्न कठिन भएको  उहाँको भनाइ छ ।
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया