घाेडाघाेडी–११ ले डडेल्धुरालाई १ विकेटले हरायाे
माघ २४, २०८१ बिहिबार
धनकुटा - धनकुटामा आजदेखि १५ दिन निषेधाज्ञा लागू गरिएको छ । यसअघि धनकुटा नगरपालिका क्षेत्रमा मात्रै निषेधाज्ञा लागू गरिएकोमा आज राति १२ बजेदेखि लागू हुने गरी जेठ १५ गते राति १२ बजेसम्म जिल्लाभर निषेधाज्ञा लागू गरिएको हो ।
गृह मन्त्रालयकाअनुसार निषेधाज्ञा लागू भएका ७३ जिल्लामध्ये ६९ मा पूर्ण र ४ जिल्लामा आंशिक निषेधाज्ञा छ । आंशिक निषेधाज्ञा रहेका जिल्लामा काभ्रे, ताप्लेजुङ, सप्तरी र मुस्ताङ रहेका छन् ।
धनकुटा नगरक्षेत्रमा कोभिड–१९ को सङ्क्रमण देखिएपछि गएको वैशाख २२ गतेदेखि ३१ गतेसम्म निषेधाज्ञा गरिएको थियो । तर सङक्रमण नरोकिएपछि डिसिसिएमसी र जिल्ला सुरक्षा समितिको निर्णय अनुसार १५ दिन निषेधाज्ञाको निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले बताउनुभयो ।
जिल्लामा कोरोनाका सङक्रमित बढेपछि थप कडाई गरिएको छ । हप्ताभरी सञ्चालन हुदै आएका बैंक तथा वित्तीय संस्थाहरु आजदेखि हप्ताको तीन दिन सोमबार, बुधवार र शुक्रवार बिहान ८ बजेदेखि ११ बजेसम्म सीमित कर्मचारी राखेर मात्र सञ्चालन गर्न पाइनेछ ।
त्यस्तै दैनिक उपभोग्य वस्तुहरु बिहान ७ बजेदेखि १० बजेसम्म र बेलुका ४ बजेदेखि ६ बजेसम्म मात्र खरिद गर्न र पसल खोल्न पाइनेछ । पास बाहेकका निजी तथा सार्वजनिक गाडी चलाउन रोक लगाएको प्रमुख जिल्ला अधिकारी दाहालले बताउनुभयो ।
धनकुटा हुँदै कोशी लोकमार्गमा सञ्चालन हुने गाडी, एम्बुलेन्स, सुरक्षा निकायका गाडी, दुध, सागसब्जी बोकेका, फोहोर मैला व्यवस्थापनका गाडि भने चल्नेछन् । धनकुटामा अहिलेसम्म एक सय ३५ जनामा सङक्रमण देखिएको छ । जिल्लामा दुई जनाको ज्यान गएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।