अहिलेसम्म २५ लाख नेपालीले पाए कोरोनाको खोप, ७ लाख डोज खोप मौज्दातमा

 जेठ १, २०७८ शनिबार १५:३५:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - अहिलेसम्म कोरोना भाइरसविरुद्धको २५ लाख डोज खोप लगाइसकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्म ३२ लाख ४८ हजार मात्रा खोप आइसकेको र नेपालमा २५ लाख जनसंख्याले कोरोनाविरुद्धको खोप पाएका मन्त्रालयका सह–प्रवक्ता डा. समीर कुमार अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार भारत सरकारले उपहारस्वरुप दिएको कोभिशिल्ड खोप १० लाख डोज, भारत सरकारसँग खरिद गरिएको कोभिशिल्ड खोप १० लाख डोज, कोभ्याक्स सुविधा अन्र्तगत ३ लाख ४८ हजार डोज र नेपाली सेनालाई प्राप्त १ लाख डोज गरी २४ लाख ४८ हजार डोज कोभिशिल्ड खोप प्राप्त भएको र चीनबाट ८ लाख डोज भेरोसेल खोप गरी जम्मा ३२ लाख ४८ डोज खोप प्राप्त भएको हो । त्यसमध्ये २५ लाख डोज खोप लगाइसकिएको छ । मौज्दातमा ७ लाख डोज खोप रहेको र भेरोसेल खोप लगाउन शुरु गरिएको उहाँले जानकारी दिनुभयो ।

भारतसँग २० लाख डोज खोप खरिद गरेको भए पनि १० लाख मात्रै आएको र १० लाख डोज आउन बाँकी रहेको उहाँले जानकारी दिनुभयो । भारतसँग छलफल भइरहेको र छिट्टै खोप आउने उहाँको भनाई छ । स्पुतनिक भि खोप लगायतका अन्य खोपहरु ल्याउने सम्बन्धमा समन्वय तथा कुराकानी भैरहेको सह–प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।

गएको चैत २५ गतेदेखि वैशाख १५ गतेसम्म भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरुलाई काठमाण्डौ र ललितपुर महानगरले भोलिदेखि दोस्रो डोज लगाउन सुरु गर्दैछन् । १८ देखि ५९ वर्ष उमेर समूहका नागरिकले खोपको पहिलो डोज लिएका थिए ।

यस्तै कोरोना भाइरसको सङक्रमण बढिरहेको बेला देशभरी ९० वटा प्रयोगशालाबाट पीसीआर परिक्षण भइरहेको छ । अहिले एन्टीजेन परिक्षणमा पोजेटिभ देखिएका र कन्ट्याक्ट ट्रेसिङ्गमा परेकाको पीसीआर परीक्षण भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सह–प्रवक्ता अधिकारीले अस्पताल तथा प्रयोगशालालाई आवश्यक स्वास्थ्य सामाग्री तीन महिनालाई पुग्ने मौज्दात रहेको बताउनुभयो । मौज्दातमा रहेका स्वास्थ्य सामग्री प्रयोग हुँदै गर्दा थप उपचारका सामाग्री सहयोगका लागि बिभिन्न निकाय तथा दाताहरुसँग पत्राचार गरिएको पनि उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

4 Comments

  • प्रदीप श्रेष्ठ

    May 15, 2021, 8:22 p.m.

    ५९ माथिकाे र ६५ मुनिकाे उमेर जनसमूह कोभिशिल्ड र भेरोसेल दुइटैकाे ब्र्याकेट भित्र परेनन्। अब अाउने भ्याक्सिनहरू चांहि याे एज ग्रूपलाई प्राथमिकताकाे साथ लगाउनु पर्छ भन्ने मेराे धारणा राख्दछु।

  •  0 Reply
  • Kishan kapali

    May 15, 2021, 6:25 p.m.

    हामीलाई ठिकै छ /

  •  0 Reply
  • Pratik Paudel

    May 15, 2021, 5:55 p.m.

    हामीलाई ठीक छ /

  •  0 Reply
  • 𝒟𝑒𝓋 𝒩𝒶𝓉𝒽 𝒮𝓌𝒶𝓅𝓃𝒶 𝒞𝒽𝒶𝓃𝒹𝓇𝒶

    May 15, 2021, 5:32 p.m.

    मेरो गाउँमा खोप लागेको छैन, के गर्ने ??

  •  0 Reply

तपाईको प्रतिक्रिया