इजरायली हमलामा परि अल जजिरा लगायतका कार्यालय रहेको भवन ध्वस्त

 जेठ १, २०७८ शनिबार २०:१६:५६ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – इजरायलले गरेको मिसाइल हमलामा परि गाजामा रहेको एक भवन ध्वस्त भएको छ । यस आक्रमणमा समाचार एजेन्सी एसोसिएटेड प्रेस तथा कतारी समाचार संस्था अल जजिराको कार्यालय पनि ध्वस्त भएको समाचार एजेन्सी रोयटर्सले जनाइएको छ । 

रोयटर्सका अनुसार इजरायलको तर्फबाट भवनको सञ्चालकलाई भवन पुरै भवन खाली गर्न सूचना दिइएको थियो । १२ तलाको यस भवनमा अपार्टमेन्टहरु र कैयौं कार्यालयहरु रहेको रोयटर्सले जनाएको छ । यस घटनाको बारेमा इजरायली सेनाले कुनै प्रतिक्रिया जनाएको छैन । तर इजरायलले विज्ञप्ति निकालेर हमासले कब्जा लिने मानिसलाई मानवढालको रुपमा प्रयोग गर्दै सैन्य सम्पत्ति राखेको भवन भत्काइदिएको बताएको छ ।

गाजा र इजरायलमा चार दिन यता भइरहेका हिंसा सन् २०१४ यताकै खराब हो । अरब र यहुदी समुदायबीच पनि इजरायलभित्रै हिंसात्मक झडपहरु भैररहेका छन् । केही वर्षदेखि प्यालेस्टिनी समस्याको समाधानका लागि ठोस पहल र शान्तिवार्ता हुन सकेका छैनन् । सन् १९४८ मा इजरायल स्थापना हुने क्रममा झण्डै सात लाख प्यालेस्टिनी विस्थापित भएको दिनको सम्झना पनि आज परेको छ ।

तनाव मत्थर पार्ने प्रयासस्वरुप अमेरिकी कुटनीतिज्ञ हाडी अम्र ह्वाइट हाउसको प्रतिनिधित्व गर्दै इजरायल आइपुग्नु भएको छ । इजरायल–प्यालेस्टाइनका विषयमा छलफल गर्न राष्ट्रसंघीय सुरक्षा परिषदको बैठक भोलि बस्दैछ । हिंसामा एक सय ४० भन्दा धेरै प्यालेस्टिनी र कम्तीमा १० जना इजरायलका नागरिकको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्ययमले जनाएका छन् । जसमा ३९ बालबालिका र २० महिलाले ज्यान गुमाइसकेका छन् ।


 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया