‘नेपालको दु:ख देख्न सकेनौँ, फटाफट काम गरेर सिलिन्डर पठाउन सफल भयौँ’

 जेठ १, २०७८ शनिबार २०:२९:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ओमानबाट ५ सय ६० थान अक्सिजन सिलिन्डर नेपाल आइपुगेको छ । नेपाल वायुसेवा निगमको वाइड बडी जहाजले ओमानको राजधानी मस्कटबाट अक्सिजन सिलण्डर नेपाल ल्याएको हो ।

ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले नेपालमा अक्सिजन सिलिण्डरको अभाव भएको सुनेदेखि नै आफूहरुको मन पोल्न थालेको र सबैको सहकार्यमा सिलिन्डर जुटाएर नेपाल पठाइएको बताउनुभयो ।

उज्यालोसँगको कुराकानीमा पराजुलीले भन्नुभयो, ‘देशमा समस्या पर्दा हामी चुप लागेर बस्ने कुरा भएन, ओमानमा रहेको नेपाली 'सोसल क्बल' र दूतावासको पहलमा खाडीमा काम गर्ने नेपालीहरुले सहयोग जुटाउनुभयो र ४/५ दिनकै पहलमा हामीले सिलिन्डर नेपाल पठाउन सफल भयौँ ।’

राजदूत पराजुलीले खाडीमा पसिना बगाएर कमाएको पैसाले देशको लागि सहयोग गर्ने सबै सहयोगीलाई धन्यवाद पनि दिनुभएको छ । थप के कस्तो सहयोग गर्न सकिन्छ भन्ने विषयमा छलफल थालिएको पनि उहाँले बताउनुभयाे ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Ganga Paudel

    May 16, 2021, 1:46 a.m.

    बधाई छ -शर्मिला दिदि ! तपाइले धेरै राम्रो काम गर्नुभयो / तपाइँ प्रति म गर्ब गर्दछु / अहिले म राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत छु / तपाईलाई एउटा अनुरोध छ / ट्रमा सेन्टरमा १३ किलो लिटर क्षमताको अक्सिजन भण्डारण गर्ने ट्यांक छ / यो एक बुलेट ल्याएर रिफिल गर्न पाए हजारौं सिलिण्डरको काम गर्थ्यो , एकपटक प्रयास गरिदिनुस न /

  •  0 Reply

तपाईको प्रतिक्रिया