घाेडाघाेडी–११ ले डडेल्धुरालाई १ विकेटले हरायाे
माघ २४, २०८१ बिहिबार
काठमाण्डाै – सरकारले आजदेखि चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाउने भएको छ । काठमाण्डौ उपत्यकाका तीनवटा जिल्लासँगै काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवामा दोस्रो मात्राको खोप सञ्चालन हुने स्वास्थ्य सेवा विभागले जनाएको छ ।
गएको चैत २५ देखि बैशाख १५ गतेसम्म पहिलो मात्रा भेरोसेल खोप लगाएकाहरुलाई आजदेखि आउँदो ११ गतेसम्म दोस्रो खोप लगाइनेछ । पहिलो मात्रा लिएका १८ देखि ५९ वर्ष उमेरका व्यक्तिले आफूले पायक पर्ने ठाउँमा गएर दोस्रो मात्राको खोप लिन सक्ने खोप शाखाले जनाएको छ । अहिलेसम्म कोरोना भाइरसविरुद्धको २५ लाख डोज खोप लगाइसकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म ३२ लाख ४८ हजार मात्रा खोप आइसकेको र २५ लाख जनसंख्याले कोरोनाविरुद्धको खोप पाएका मन्त्रालयका सह–प्रवक्ता डा. समीर कुमार अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार भारत सरकारले उपहारस्वरुप दिएको कोभिशिल्ड खोप १० लाख डोज, भारत सरकारसँग खरिद गरिएको कोभिशिल्ड खोप १० लाख डोज, कोभ्याक्स सुविधा अन्र्तगत ३ लाख ४८ हजार डोज र नेपाली सेनालाई प्राप्त १ लाख डोज गरी २४ लाख ४८ हजार डोज कोभिशिल्ड खोप प्राप्त भएको र चीनबाट ८ लाख डोज भेरोसेल खोप गरी जम्मा ३२ लाख ४८ डोज खोप प्राप्त भएको हो । त्यसमध्ये २५ लाख डोज खोप लगाइसकिएको छ । भारतसँग २० लाख डोज खोप खरिद गरेको भएपनि १० लाख मात्रै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
अर्जुन थापा
May 16, 2021, 10:10 a.m.हामी एकपटक पनि भ्याक्सिन लगाउन नपाएका नागरिक मर्ने हो ?