आँधीको जोखिम बढेपछि भारतका केही राज्यमा उच्च सतर्कता

 जेठ २, २०७८ आइतबार १२:१०:३१ | एजेन्सी
unn.prixa.net

तस्बिर : इण्डिया टुडे

काठमाण्डाै –  दक्षिण पूर्वी अरब सागरमा बनेको आँधीको जोखिम बढे पछि भारतका केही ठाउँमा उच्च सतर्कता अपनाइएको छ ।

भारतको गुजरात, केरला र महाराष्ट्रमा आँधीको असर धेरै पर्न सक्ने अनुमान गरिएको छ । आँधीमा परेर केरलाका दुई जनाको ज्यान गएको छ । यो आँधीका कारण एक सय ५० देखि एक सय ६० किलोमिटर प्रति घण्टाको गतिको हावा चलेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आँधीका कारण केही ठाउँमा भीषण वर्षासमेत भएको छ । यस्तै, तमिलनाडुमा बाढीको खतरा रहेको खबरमा उल्लेख गरिएको छ ।

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया