काठमाण्डौ महानगरपालिकाभित्रका विद्यालयमा जेठ २० सम्म परीक्षा गरिसक्नुपर्ने

 जेठ २, २०७८ आइतबार १७:५०:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाभित्रका विद्यालयले आउँदो जेठ २० गतेसम्म परीक्षा लिइसक्नुपर्ने भएको छ । महानगरपालिकाको शिक्षा विभागका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले विज्ञप्ति निकालेर जेठ २० गतेसम्ममा परीक्षा लिएर जेठको मसान्तसम्ममा नतिजा प्रकाशन गरिसक्न निर्देशन दिनुभएको हो । 

यस्तै असारको पहिलो हप्ताबाट कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउनसमेत महानगरपालिकाले निर्देशन दिएको छ । 

अनलाइन र अफलाइन एवम् टेलिफोन, मेलमार्फत प्रश्न पठाएर लगायत विधि अपनाएर विद्यालय अनुकूल हुने गरी परीक्षा सञ्चालन गर्नुपर्ने महानगरपालिकाले निकालेको विज्ञप्तिमा भनिएको छ ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया