हाम्रो मेडिकल सेवाले घरमै पुगेर पीसीआर जाँच र औषधि डेलिभरी गर्ने

 जेठ ३, २०७८ सोमबार ८:३४:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हाम्रो मेडिकल सेवाले घर घरमै गएर पीसीआर परीक्षण र कोरोना उपचारको व्यवस्थापन गर्ने कार्य सुरु गरेको छ । हाम्रो मेडिकल सेवामार्फत पीसीआरसहित विभिन्न जाँचको घरबाटै सुविधा लिन सकिने र घरैमा औषधि मगाउन समेत सकिने प्रबन्धक सरोज महतोले बताउनुभयो ।

हेल्थ सेफ्टी बक्स, रक्तचाप परीक्षण मेसिन, अक्सिमिटर, थर्मोमिटर, ह्यान्ड स्यानिटाइजर, ह्वीलचियर, बिरामीको लागि बेड लगायतका स्वास्थ्य सामाग्री घरैमा पनि उपलब्ध गराइने महतोको भनाइ छ । निम्न आय भएका सेवाग्राहीहरुको लागि भने यो सेवा निःशुल्क रुपमा प्रदान गरिने महतोको दाबी छ ।

विभिन्न अस्पताल र चिकित्सकसँगको सहकार्यले यो सेवा सुरु गरिएको उहाँले बताउनुभयो । कुनै पनि मेडिकल सेवाको लागि सेवाग्राहीले ९८४३३४६६०५ मा फोन गरेर वा भाइबर, ह्वाट्सएप मार्फत पनि सम्पर्क गर्नसक्ने छन् ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया