घाेडाघाेडी–११ ले डडेल्धुरालाई १ विकेटले हरायाे
माघ २४, २०८१ बिहिबार
काठमाण्डाै – कोरोना सङ्क्रमण बढ्दै जाँदा काठमाण्डौ उपत्यकाका पालिकाहरुले सक्रियता बढाएका छन् । पालिकाहरुले अक्सिजन प्लान्ट सञ्चालनदेखि अस्पतालहरुलाई सहयोग, आइसोलेशन केन्द्र स्थापना, कन्ट्याक्ट ट्रेसिङ लगायतका कामलाई तीव्रता दिएका हुन् ।
अहिलेसम्म काठमाण्डाै महानगरपालिका र मध्यपुर थिमी नगरपालिकाले अक्सिजन प्लान्ट स्थापना गरी अक्सिजन उत्पादन गर्ने कार्य सुरु गरिसकेका छन् । काठमाण्डाै महानगरपालिकाले शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रमा र मध्यपुर थिमी नगरपालिकाले नेपाल–कोरिया मैत्री नगर अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरेर अक्सिजन उत्पादन शुरु गरिसकेका छन् ।
ललितपुरको ललितपुर महानगरपालिका, काठमाण्डौको टोखा र कागेश्वरी मनोहरा नगरपालिका, भक्तपुरको सूर्यविनायक नगरपालिका लगायतका पालिकाहरुले अक्सिजन प्लान्ट स्थापना गर्न प्रक्रिया अघि बढाएका छन् । कोरोना सङ्क्रमितको उपचारको लागि काठमाण्डौ महानगरपालिकाले १२ वटा अस्पतालसँग सम्झौता गरिसकेको छ ।
उपचारलाई प्रभावकारी बनाउन र सङ्क्रमण रोक्नका लागि नीतिगत निर्णयसहित कामहरु अघि बढाइएको काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बताउनुभयो । ललितपुर महानगरपालिकाले पनि कोरोना विरुद्ध लड्न रणनीति बनाउने निर्णय गरेको छ । अहिले आइसोलेशन स्थापना, अक्सिजनको आपूर्ति लगायतमा ध्यान केन्द्रित गरेको ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले बताउनुभयो ।
चन्द्रागिरि नगरपालिकाले मेयर–उपमेयरको गाडीलाई समेत एम्बुलेन्स बनाउँदै कोरोना र अरु समस्या भएका बिरामीहरुलाई अस्पताल वा अस्पतालबाट घर जान नि:शुल्क सेवा दिन थालेको छ । काठमाण्डौ महानगरपालिकाले पनि नि:शुल्क एम्बुलेन्स सेवा दिइरहेको छ ।
गएको वर्ष लकडाउनका बेला राहत वितरण लगायतमा केन्द्रित भएका काठमाण्डौ उपत्यकाका पालिकाहरु यस वर्ष सङ्क्रमण रोक्न, उपचार तथा स्वास्थ्य सामाग्रीको व्यवस्था गर्न लागि परेका छन् । यसैबीच उपत्यका नगरपालिका फोरमले एकीकृत आइसोलेशन केन्द्र सञ्चालन गर्ने प्रस्ताव गरेको छ । काठमाण्डौ नगरपालिकाले ३४ प्रतिशत, ललितपुर महानगरपालिकाले १६ प्रतिशत र बाँकी नगरपालिकाहरुले ५० प्रतिशत खर्च बेहोर्ने गरी एकीकृत आइसोलेशन केन्द्र स्थापना गर्न प्रस्ताव गरेको ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले जानकारी दिनुभयो ।
विभिन्न ठाउँमा कम क्षमताका आइसोलेशन बनाउनुभन्दा एकै ठाउँमा चार–पाँच सय बेड क्षमताका आइसोलेशन केन्द्र स्थापना गर्दा अक्सिजन लगायतको आपूर्ति र अरु व्यवस्थापनमा सहज हुने फोरमको विश्वास छ । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा प्रस्ताव गरेको र स्वीकृति पाएपछि काम शुरु गर्ने मेयर महर्जनले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।