प्यालेस्टाइन विरुद्ध पूर्ण शक्तिका साथ कारबाही जारी रहनेछ : नेतान्याहु

 जेठ ३, २०७८ सोमबार ११:२९:३२ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्यालेस्टिनी हमास विद्रोहीहरूविरुद्ध सैनिक कारबाही पूर्ण शक्तिका साथ जारी रहने बताउनुभएको छ ।

प्रधानमन्त्री नेतान्याहुले वार्ताहरुबाट शान्ति बहाली नभएसम्म कारबाही जारी राख्ने चेतावनी दिनुभएको बीबीसीले जनाएको छ । इजरायलको आक्रमणबाट हिजो एकैदिन ४० जना भन्दा धेरैको ज्यान गएको छ । एक हप्ता अघि इजरायलसँग युद्ध शुरु भएयता हिजो सबैभन्दा घातक दिन भएको प्यालेस्टिनी अधिकारीहरुले बताएका छन् । हिजो इजरायलको सेनाले व्यस्त सडकमा समेत आक्रमण गरेको र तीनवटा ठूला भवन भत्काएको बीबीसीले जनाएको छ ।

गाजामा अहिलेसम्म एक सय ९७ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेहरुमा ५८ बालबालिका तथा ३४ महिला छन् । एक हप्तामा प्यालेस्टिनी विद्रोहीहरूल तीन हजारभन्दा धेरै रकेट प्रहार गरेका र आफूहरुले जवाफी कारबाही जारी राखेको इजरायलको सेनाले जनाएको छ । दुइ देशबीच दिउँसो र राति पनि भिडन्तहरु भैरहेका छन् । इजरायलमा खतराको साइरन बज्नासाथ मानिसहरु सुरक्षित कोठामा जाने गरेका छन् ।

इजरायलतमा रकेट हमलाहरूमा परि १० जनाको ज्यान छ । यसैबीच संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले युद्धविराम गराउन अन्तर्राष्ट्रिय मध्यस्थकर्ताहरूसँग आपत्कालीन बैठक गरेको छ । तर पन्ध्र सदस्यीय सुरक्षा परिषद्ले पछिल्ला दिनमा कुनै सार्वजनिक विज्ञप्तिमा सहमति जनाउन सकेको छैन ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरजले जारी हिंसा अत्यन्त चिन्ताजनक भन्दै तत्काल लडाइँ रोकिनुपर्ने बताउनुभएको छ । इजरायलको बलियो सहयोगी अमेरिकाले त्यस्ता वक्तव्य कूटनीतिक प्रक्रियाका निम्ति सहयोगी नहुने भन्दै आएको छ । हमासले युद्धविरामका लागि चासो देखाए पनि इजरायलले नमानेको बीबीसीले जनाएको छ ।

 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया