इजरायल र प्यालेष्टाइनबीच तनाव : यी सुरक्षाका उपाय अपनाउन दूतावासको अनुरोध

 जेठ ३, २०७८ सोमबार ११:३७:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – तपाईँ इजरायलमा कार्यरत हुनुहुन्छ ? यदि हुनुहुन्छ भने यो समयमा सचेत रहन त्यहाँ रहेको नेपाली दूतावासले अनुरोध गरेको छ ।

इजरायल र प्यालेष्टाइनबीच बढ्दै गएको तनावका कारण इजरायलमा रहेका नेपालीमा पनि डर त्रास पैदा भएको भन्दै त्यहाँ विभिन्न सुरक्षाका उपायहरु अपनाउन त्यहाँ रहेको नेपाली दूतावासले अनुरोध गरेको हो । 

दूतावासका अनुसार इजरायलको जेरुसेलम, दक्षिण इजरायली क्षेत्रका साथसाथै तेलअबिब लगायतका केन्द्रमा समेत गाजा क्षेत्रबाट हजारौँको सङ्ख्यामा रकेट आक्रमण भइरहेको छ । यो परिस्थितिलाई नजरअन्दाज नगर्न तथा सम्भव भएसम्मका सुरक्षाका उपायहरूको खोजी गर्नेतर्फ लाग्न दूतावासले अपिल गरेको छ । 

यी हुन् दूतावासले सुझाएका सुरक्षाका उपायहरू

- साइरन बज्नासाथ घर भित्र हुनुहुन्छ भने बङ्कर, भर्याङ्ग वा त्यस्तै सुरक्षित क्षेत्रमा जानपर्छ । साइरन बजेको सुनेपछि यी ठाउँमा जान अल्छी गर्न हुँदैन । झ्याल नजिक तथा भित्तामा खस्न सक्ने सामानको जान हुँदैन ।

-  यदि घरबाहिर बजार, सडक, फार्म वा अन्यत्र कतै भएमा साइरन बजेपछि नजिकैको बङ्करमा पुगिहाल्नु पर्छ । त्यो पनि उपलब्ध नभएमा जहाँ हुनुहुन्छ त्यहाँ घोप्टो परेर दुई हातले टाउको छोपेर बस्नुपर्छ ।

- कतिपयले रकेट लन्च भइरहेको बेलामा छतबाट हेर्ने, फेसबुक लाइभ गर्ने र भिडियो बनाउने गर्ने गरेको देखिएको भन्दै त्यसो नगर्न दूतावासले अनुरोध गरेको छ । 

- अप्ठ्यारो परिस्थितिमा नकारात्मक सन्देश जाने गरी सामाजिक सञ्जालमा सूचना प्रवाह नगर्न र परियारलाई समेत त्रसित नगराउन पनि दूतावासले भनेको छ । 

- कुनै समस्या परेमा दूतावास वा आफ्नो साथीभाइ वा इजरायलमा क्रियाशील नेपाली सङ्घसंस्थाका प्रतिनिधिहरूलाई सम्पर्क गर्न सकिन्छ । दूतावासमा द्वितीय सचिव अर्जुन घिमिरेलाई ०५२८२८९३०० मा र श्रम सहचारी प्रदीप सागर गिरीलाई ०५४३३०६०७० मा सम्पर्क गर्न सकिन्छ ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया