सङ्क्रमित स्वास्थ्यकर्मीको बसोबास र उपचारका लागि कमलपोखरीमा क्वरेण्टीन सेन्टर

 जेठ ३, २०७८ सोमबार १४:३४:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल चिकित्सक सङ्घले कोरोना भाइरसका सङ्क्रमित स्वास्थ्यकर्मीको बसोबास र उपचारका लागि काठमाण्डौको कमलपोखरीमा क्वरेण्टीन सेन्टर सञ्चालनमा ल्याएको छ ।

सरकारले कोरोनाको रोकथाम र उपचारमा खटिएका स्वास्थ्यकर्मीको उपचार र रेखदेखमा कुनै काम नगरेको भन्दै चिकित्सक सङ्घले अग्रवाल सेवा केन्द्र, हिन्दू सेवक सङ्घ नेपाल, सेवा इन्टरनेशनल नेपाल तथा उपकार सेवा नेपालको सहयोगमा कमलपोखरीको अग्रवाल भवनमा एक सय शय्याकाे सुविधा सम्पन्न क्वरेण्टीन सेन्टर सञ्चालनमा ल्याएको हो । यसलाई केही समयमै आइसाेलेशन सेन्टरमा रूपान्तरण गरिने सङ्घले जनाएको छ ।

क्वरेण्टीन सेन्टरमा स्वस्थ खाना उपलब्ध गराइनेछ भने केही समयपछि सञ्चालन गरिने आइसोलेशन सेन्टरमा अक्सिजन, अत्यावश्यक औषधि तथा स्वास्थ्य परीक्षणका लागि चिकित्सक एवम् स्वास्थ्यकर्मीको उपलब्धता हुनेछ ।  

सङ्घले अस्पतालमा शय्या, सघन उपचार युनिटसँगै औषधि र अक्सिजनको चरम अभावले कहालीलाग्दो अवस्था सिर्जना हुँदा पनि सरकारले कामै नगरि बसेको भन्दै आक्रोश पोखेको छ । स्वास्थ्य सेवामा अहोरात्र खटिएका चिकित्सकको मनोबल उच्च पार्नुको सट्टा नेपाल सरकार एवम् राजनीतिक दलहरू अन्य कुरालाई प्राथमिकतामा राखेर गैरजिम्मेवार बनेको र विश्वसामु नै लज्जित हुने परिस्थिति सिर्जना भएको सङ्घले जनाएको छ ।    

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया