‘सामाजिक कार्य र भेला–उद्घाटनले सङ्क्रमण बढाएको हामीलाई थाहा छ, अब यस्ताे गल्ती नदाेहाेर्‍याऔँ’

 जेठ ३, २०७८ सोमबार १८:२३:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विवाह, व्रतबन्ध जस्ता सामाजिक र भेला उद्घाटन जस्ता राजनीतिक गतिविधिका कारण कोरोना सङ्क्रमण बढेको बताएको छ ।

साेमवार (आज) मन्त्रालयले एक सूचना निकालेर यस्ता कार्यमा भएका भिडभाडका कारण कोरोना सङ्क्रमण फैलिएको कुरामा हामी भुक्तभोगी भएको भन्दै अब यस्तो गल्ती नदोहोर्‍याउन आग्रह गरेको छ ।

महामारी नियन्त्रणका लागि सङ्क्रमितको उपचार भन्दा सङ्क्रमण रोक्नु उपयुक्त हुने भन्दै मन्त्रालयले निषेधाज्ञाको पालना गरी अत्यावश्यक नभइ घरबाहिर नजान अनुरोध गरेको छ । निषेधाज्ञा लगाइएका ठाउँमा पनि मानिसहरूको आवतजावत ५९ प्रतिशतमात्रै कमी आएको भन्दै मन्त्रालयले सबैले जिम्मेवार भएर निषेधाज्ञाको पालना गर्नुपर्ने बताएको छ ।

निषेधाज्ञा तथा स्वास्थ्यका मापदण्डको पालना कम भएकै कारण सङ्क्रमण र मृत्युदर घटाउन नसकेको भन्दै मन्त्रालयले सङ्क्रमण रोक्न सहयोग गर्न सबैसँग आग्रह गरेको छ । 

‘जनजीवनमा कठिनाइ पर्न गए पनि हामीसँग सङ्क्रमण रोकथाम, नियन्त्रण, तयराी, सहकार्य, समन्वय आदिका लागि गरिएको निषेधाज्ञामा अझै पनि बुझी नबुझी, लुकीछिपी वा खुला रुपमा उल्लङ्घन भइरहेको देख्न सकिन्छ । त्यसैले सङ्क्रमणको जोखिम बढिरहेको अवस्थामा सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका बढाउन सम्बन्धित सबैमा मन्त्रालय पुनः हार्दिक अनुरोध गर्दछ’, मन्त्रालयले भनेको छ ।

 


 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया