घाेडाघाेडी–११ ले डडेल्धुरालाई १ विकेटले हरायाे
माघ २४, २०८१ बिहिबार
काठमाण्डाै – नेपाल वायु सेवा निगमको जहाजले चीन र ओमानबाट चार खेपमा एक हजार नाै सय ३५ थान अक्सिजन सिलिन्डर नेपाल ल्याएको छ । जहाजले चीनको बेइजिङबाट मात्रै तीन खेपमा एक हजार तीन सय ७५ थान अक्सिजन सिलिन्डर नेपाल ल्याएको छ ।
निगमको वाइडबडी जहाजले वैशाख २८ गते बेइजिङबाट चार सय थान तथा हिजो र आज मात्रै नौ सय ७५ थान सिलिन्डर ल्याएको महाप्रबन्धक डिमप्रकाश पौडेलले जानकारी दिनुभयो । हिजो राति बेइजिङ गएको जहाजले आज पाँच सय ७५ थान सिलिन्डर ल्याएको छ । यस्तै गएको शनिवार ओमानबाट पाँच सय ६० थान अक्सिजन सिलिन्डर ल्याएको छ ।
निगमको जहाज सिलिन्डर ल्याउन आज पनि बेइजिङ जाँदैछ, भोलि दिउँसो फर्कने जहाज भोलि राति फेरि चीन जानेछ । कोरोना नियन्त्रण र रोकथामका लागि निगम सरकारको साथमा रहेको र सरकारले जुन ठाउँमा आवश्यक पर्छ त्यहीँ जान तयार रहेको पौडेलले बताउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।