घाेडाघाेडी–११ ले डडेल्धुरालाई १ विकेटले हरायाे
माघ २४, २०८१ बिहिबार
माेरङ – विराटनगरमा रहेको विराट शिक्षण अस्पतालमा नचिनेको मानिसको समूहले डाक्टर र स्वास्थ्यकर्मीमाथि कुटपिट गरेकाे छ । आकस्मिक कक्षमा भर्ना भएकाहरूको उपचारमा खटिएका डाक्टर र स्वास्थ्यकर्मीमाथि कुटपिट भएको हो ।
सडक दुर्घटनामा घाइते भएका दुई जनाको उपचार गरिरहेका बेला नचिनेकाे मानिसकाे समूहले कुटपिट गरेका अस्पतालले जनाएको छ । कुटपिटबाट डाक्टर सुदिप रेग्मी र हेल्थ असिस्टेन्ट निर्दोष बस्नेत घाइते भएका छन् । रेग्मी र बस्नेतको टाउको, अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको छ ।
यस्तै घटनामा संलग्न भएको आरोपमा बूढीगङ्गा नगरपालिका २ का निश्चल श्रेष्ठ र अनिल श्रेष्ठलाई पक्राउ गरिएको छ । उपचारका लागि भर्ना भएकी बूढीगङ्गा २ की ७३ वर्षीया गाेमादेवी श्रेष्ठको उपचार गर्न ढिलो भएको भन्दै डाक्टरमाथि आक्रमण भएको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।