प्रधानमन्त्रीकाे शपथविरुद्धकाे रिटमा सर्वाेच्चले अन्तरिम आदेश दिन मानेन

१५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश

 जेठ ४, २०७८ मंगलबार १५:११:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सर्वाेच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीकाे शपथविरुद्धकाे रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेकाे छ । फेरि शपथ ग्रहण लिनुपर्ने भन्दै परेको रिट निवेदनमा अन्तरिम आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेकाे हाे । 

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी गर्नु नपर्ने ठहर गरेको हो । अन्तरिम आदेश दिन अस्वीकार गरे पनि सर्वोच्चले यसबारे विपक्षीहरूलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको छ ।

गएको शुक्रवार शपथ ग्रहणका क्रममा ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द उच्चारण नगरि प्रधानमन्त्री ओलीले ‘त्यो पर्दैन’ भन्नुभएको थियो । वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली र अधिवक्ताहरू लोकेन्द्र ओली, नवराज अधिकारी सन्तोष भण्डारी र राजकुमार सुवालले प्रधानमन्त्री ओलीले शपथको व्यहोरा उच्चारण नगर्नु गैरसंवैधानिक भएको भन्दै सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए ।

रिट निवेदकहरूले सङ्घीय संसद्को सदस्य नभए पनि प्रतिनिधि सभाको एउटै कार्यकालमा दोहोर्‍याएर मन्त्री बनाइएका सात जनाको नियुक्ति बदर हुनुपर्ने मागसमेत गरेका थिए ।  

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया