अरब सागरमा विकसित चक्रवातको असर नेपालमा बिहीवारसम्म नै रहने

 जेठ ४, २०७८ मंगलबार १७:८:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – अरब सागरमा विकसित चक्रवातको असर नेपालमा पर्सीसम्म नै रहने मौसमविद्ले बताएका छन् । मौसमविद् शान्ति कँडेलका अनुसार मङ्गलवार (आज) दिनभरि नै काठमाण्डौ उपत्यकासहित देशभरको मौसम बदली भएको छ ।

अहिले मुगु, नवलपरासी, चितवन, सिन्धुली, सङ्खुवासभा, ताप्लेजुङ र झापा लगायत क्षेत्रमा पानी परिरहेको मौसमविद् कँडेलले जानकारी दिनुभयो ।

काठमाण्डौ उपत्यकामा आज दिउँसो हल्का पानी परेको छ । फेरि पनि हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् कँडेलले बताउनुभयाे । बुधवार (भोलि) काठमाण्डौमा केहीबेर घाम लागे  पनि फेरि बदली हुने उहाँकाे भनाइ छ । बिहीवार (पर्सी) पनि देशभरकै मौसम यस्तै रहनेछ ।

विशेषगरी पश्चिमी क्षेत्रमा चक्रवातको असर धेरै पर्ने अनुमान छ । यस्तै मौसममा आएको खराबीका कारण हिमाल आरोहण प्रभावित भएको छ । मौसम पूर्वानुमान महाशाखाले उच्च हिमाली क्षेत्रमा उच्च वेगको हावाहुरीको सम्भावना रहेकोले पर्वतारोहण नगर्न र नगराउन आग्रह गरेको छ ।  

अन्तिम अपडेट: माघ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया