एमाले कार्यदलको निर्णय : कार्यविधि, कार्यक्षेत्र र आचारसंहिता बनाइने

 जेठ ४, २०७८ मंगलबार १७:३४:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पार्टीीभत्रको विवाद मिलाउने जिम्मेवारी पाएको नेकपा एमालेको कार्यदलको पहिलो बैठकले आफ्नो कार्यविधि, कार्यक्षेत्र र आचारसंहिता बनाउने निर्णय गरेको छ । मङ्गलवार सिंहदरबारमा बसेको बैठकले यस्तो निर्णय गरेको र भोलि फेरि छलफल गरिने कार्यदल सदस्य भीम रावलले जानकारी दिनुभयो । 

कार्यविधि, कार्यक्षेत्र र आचारसंहिता तत्काल निर्माण गरी कार्यान्वयन गर्ने भन्दै उहाँले पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउन सद्भाव तथा एकता वृद्धि गर्न, आपसी अविश्वास, अन्तरविरोध र असहयोगबाट अलग रहन सम्पूर्ण पार्टी पङ्क्तिलाई आह्वान गर्ने निर्णय पनि भएको बताउनुभयो । 

एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच गएकाे वैशाख ३० र यही जेठ २ गतेको आपसी सहमतिका आधारमा नेता रावल, सुवास नेम्वाङसहित १० सदस्यीय कार्यदल गठन भएको थियो । 

आजको बैठकमा काम कार्यदलका सदस्यहरू विष्णुप्रसाद पौडेल र शङ्कर पोखरेल सहभागी हुनुभएको थिएन । यसैबीच आजको बैठकले आपसमा अन्तरविरोध र अविश्वास सिर्जना हुने कामबाट अलग रहन पार्टी पङ्क्तिलाई आग्रह गरेको छ । 

पार्टी एकता कायम राख्न अविश्वासको वातावरण सिर्जना हुन नदिन पनि कार्यदलले अपिल जारी गरेको हो । बैठकले पार्टीभित्र देखिएको समस्या समाधान गर्न सहयोग र सद्भावको वातावरण निर्माण गर्नेतर्फ जोड दिनुपर्ने निर्णय पनि गरेको छ ।  

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया